निजामती सेवाका विशिष्ट श्रेणीबाट सेवा निवृत सचिवद्वय तथा संविधानविद् प्रशासनविद् काशीराज दाहाल र रेश्मीराज पाण्डेज्यूको विशेष प्रशिक्षणमा आयोजित जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास तालिम र मेलमिलाप कर्ताहरुको लागि पुर्नताजगी तालिम कार्यक्रम कालीगण्डकी गाउँपालिको आयोजनामा आज मिति २०८१ फागुन १२ गते सञ्चालन भएको छ ।
सूचना
ग्यालरी
बालमैत्री स्थानीय शासनको नीतिगत, प्रकृयागत, कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा प्रकृया सम्बन्धी गाउँपालिकास्तरीय २ दिने अभिमुखिकरण कार्यक्रम कालीगण्डकी गाउँपालिकाको सभाहलमा पुष २३ र २४ गते सञ्चालन भएको छ । विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागितामा सञ्चालित कार्यक्रमबाट गाउँपालिकालाई २०८३ असोज मसान्त भित्र बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
मिति: 01/08/2025 - 16:19
कालीगण्डकी गाउँपालिकको गाउँसभाको १६ औं अधिवेशन मिति २०८१ पुष १७ गते सञ्चालन भएको छ ।
अधिवेशनको बैठकमा विद्येक, रकमान्तर, अन्तरपालिका सम्झौता, भगिनी सम्बन्धमा छलफल भएको छ ।
मिति: 01/01/2025 - 15:31