सूचना
कालीगण्डकी गाउँपालिकाको परिचय
कालीगण्डकी गाउँपालिकाको संक्षिप्त चिनारीः
दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो ।
यसको जनसंख्या २१७२८ (२०८१ अनुसार ) छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि छ।
पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।
जनसंख्या :- २१७२८
सिमानाः
पूर्वः गल्याङ नगरपालिका ।
पश्चिमः तानसेन नगरपालिका ।
उत्तरः गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका ।
दक्षिणः बगनासकाली गाउँपालिका तथा तानसेन नगरपालिका ।
केन्द्र :- साविकको विर्घा गा.वि.स., गहलाम
क्षेत्रफल :- ७३.५१ वर्ग कि.मि.
वडा संख्या :- ७
लैङ्गिक अनुपात :- ८३.०१
जनघनत्व:- २४४
कुल परिवार:- ४७६२
कुल साक्षरता दर: ८२.२
जनसङ्ख्या सम्बन्धी थप विवरण हेर्न जनसङ्ख्या | राष्ट्रिय जनगणना २०७८ नतिजा (cbs.gov.np) मा क्लिक गर्नुहोस ।