FAQs Complain Problems

सूचना तथा समाचार

  • प्रेस विज्ञप्ती

     

    महालेखा परीक्षकको कार्यालयको मिति २०७९/०३/२९ गते सार्वजनिक गरिएको ५९ औं बार्षिक प्रतिवेदन, २०७९ को पेज नं ६९९ को बुदा नं. २१९ मा उल्लेख भएको बाटो सफाई सम्बन्धी शीर्षकमा कालीगण्डकी गाउँपालिका स्याङ्जाको नाम उल्लेख भएको र सोही आधारमा विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा बाटो सरसफाईका लागि २६ पटक रकमान्तर गरी आर्थिक अनियमितता गरेको भनी  फैलाईएको अफवाहबारे हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

     

    गण्डकी प्रदेशको सुदुर पश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिका विकासका सबै आयामका हिसाबले अब्बल रहेको यथार्थता सबै सामु प्रष्ट नै छ । विकास एवं प्रशासनिक गतिविधीहरु सञ्चालन गर्ने क्रममा विभिन्न ऐन नियमहरुको पालना गर्नुपर्ने हुन्छ र कालीगण्डकी गाउँपालिका यस सन्दर्भमा संवेदनशिल छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्न गाउँ/ नगरसभाको निर्णय आवश्यक हुन्छ ।   नेपालमा कुनै पनि पालिका छैन होला जसले एक आर्थिक वर्षमा २६ पटक रकमान्तर गरि खर्च गरेको होस् । कालीगण्डकी गाउँपालिकाको स्थापना देखि हालसम्म ५ वर्षको अवधिमा  जम्मा १० पटक मात्र गाउँसभाको बैठक बसेको र सोही अनुसार एक आर्थिक वर्षमा एक पटक मात्र गाउँसभाको निर्णयबाट मात्र रकमान्तर गरिएको  प्रष्ट पार्न चाहन्छु ।

     

    आ.व. २०७६/७७ र २०७७/७८ मा महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा स्याङ्जा जिल्लाकै कम बेरुजुमा पर्ने पालिकाको रुपमा कालीगण्डकी गाउँपालिका (स्याङ्जा) सावित भईसकेको छ । आ.व. २०७७/७८ को मलेपको प्रारम्भिक प्रतिवेदनमा समेत कहिं - कतै पनि २६ पटक रकमान्तर र बाटो सफाई सन्दर्भमा आर्थिक अनियमितता गरेको भनी उल्लेख नभएको, उक्त प्रकृतिको काम यस कालीगण्डकी गाउँपालिकामा नभएको र भविष्यमा समेत गर्न नमिल्ने कामलाई लिएर टिका-टिप्पणी, अर्नगल प्रचार- प्रसार एवं भ्रमित पार्ने काम कसैबाट पनि नगर्न र नगराउनु हुन हार्दिक अनुरोध गर्दछु ।

     

     

     

    खिम बहादुर थापा
    अध्यक्ष
    कालीगण्डकी गाउँपालिका
    बिर्घा, स्याङ्जा

  • ,

Pages