सूचना
योजना सम्झौता गर्दा नभई नहुने कागजहरु
योजना सम्झौता गर्दा नभई नहुने कागजहरु तल उल्लेखित छन् ।
- आम भेला बाट उपभोक्ता समिति गठन गर्दाको माइन्युट(जुन वडाअध्यक्ष वा वडा सचिवको रोहवरमा गठन हुनुपर्ने ३३ प्रतिशत महिला हुनुपर्ने,अध्यक्ष,सचिव वा कोषध्यक्ष मध्ये कम्तिमा एक जना महिला हुनुपर्ने) ।
- उपभोक्ता समितिको योजना सम्झौता तथा खाता खोल्ने सम्बन्धि निर्णय ।
- उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपि ।
- सम्झौता गरिदिनुहुन भनि वडाअध्यक्षले हस्ताक्षर गरेको सिफारिस पत्र ।
- सम्बन्धित योजनाको प्राबिधिक इस्टिमेट ।
- यो सम्झौताको लागि सम्बन्धित उपभोक्ता समितिको निवेदन ।