सूचना
प्रथम चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम
कालीगण्डकी गाउँपालिका स्याङजाले आ.व २०७४÷०७५ मा विषयगत निकायले प्रदान गर्ने सेवा,सुविधा र प्रभावकारीता विषयक प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम कालीगण्डकी गाउँपालिकाका कार्यालयको परिसरमा सम्पन्न गरेको छ ।
सेवाग्राही वाट आएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष खिम वहादुर थापाले गाउँपालिकाले आ.व २०७४÷०७५ मा शिक्षा,स्वास्थ्य,वाटो, खानेपानि ,कृषि, पशुपालन लगायतका विकासको लागी वजेटको व्यवस्था गरी सोही काममा खर्च गरी गाउँपालिकालाई समृद्ध वनाई देशकै नमूना गाउँपालिकाको रुपमा स्थापित गर्ने वताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्दै गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले जन आपेक्षा अनुरुप क्रमश विकास निर्माणको काम गर्दै अवको ५ वर्षमा गाउँपालिकालाई हराभरा वनाई रोजगारीको अवसर सिर्जना गरी यूवालाई आफ्नै गाृउँ ठाउमा जिविकोपार्जन गर्ने व्यवस्थापन मिलाउने कुराको उल्लेख गर्दै महिलाहरुको क्षमता अभिवृद्धिका लागी विभिन्न शिप मूलक तालिम दिने वताउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालले आ. व २०७४÷ ०७५ को प्रथम चौमासीक गतिविधि, कार्ययोजना प्रक्रिया र कार्यान्वयनको वारेमा जानकारी गराउदै गाउँपालिकाले प्रथम चौमासिकमा २१ लाख ३६ हजार राजश्व संकलन गरेको वताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्षहरु क्रमश ःशोवीलाल चौतारे,नर व राना,चक्रपाणी पाण्डे,लोकेदार थापा,लिलावल्व अधिकारी,मुक्ति प्रसाद भट्टराईले वाडले चौमासिक अवधिमा गरेका विकासे योजनाका कामको वारेमा आ आफ्नो भनाई राख्दै, वाडको विकासको लागी आफूहरु अनवरत रुपले लाग्ने कुरा वताए । नेपाली काग्रेसका प्रतिनिधि धन वहादुर राना,नेकपा एमालेका प्रतिनिधि कृष्ण लामिछाने,राष्ट्रिय जनमुक्त्ति पार्टीका प्रतिनिधि वम वहादुर लामिछाने, सेवा ग्राहीहरुकोे तर्फवाट लोक नाथ पाण्डे,गोपी कृष्ण पाण्डे,यादव प्रसाद पाण्डे,काशिराम पाण्डे,संचारकर्मी हुमन न्यौपाने,चुरामणि पाण्डे,शोभाखर पाण्डे,जगनाथ पाण्डे,नारायण प्रसाद पाण्डे,विष्णु न्यौपाने,यज्ञमुर्ति पाण्डे,खगराज भट्टराई,मोति पाण्डे,रमन पाण्डे,भगवती पाण्डे लगायतले जनप्रतिनिधिहरुले चुनावको वेलामा जनतालाई गरेको प्रतिवद्धता नभुल्न आग्रह गर्दै गाउँपालिकाको संरचना,वाटो पिउनेपानी,सिचाई,कृर्षि, पशुपालन,शिप मुलक तालिम,रोजगार र वादरको आतंक जस्ता कुराहरु वोलेका थिए । गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरुले आ आफ्ना शाखाले प्रदान गर्ने र कार्यान्वयन भएका कार्ययोजनाको वारेमा जानकारी गराएका थिए ।
कालिगण्डकी गाउँपालिकाको आयोजना र वागेश्वरी असल शासन क्लव(बास) स्याङ्जा शाखाको सहजिकरणमा सम्पन्न कार्यक्रममा सञ्चालन एवं सहजिकरण बास स्याङजा शाखाका अध्यक्ष चुत्र वहादुर महत –एशिव) ले गनुभएको थियो भने स्वागत कालीगण्डकी गाउँपालिका गाउँकार्यपालिकाका प्रवक्त्ता शोभीलाल चौतारेले गर्नु भएको थियो ।