सूचना
खानेपानीको गुणस्तर परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम : पोषणमैत्री गाउँपालिका अभियान
पोषणमैत्री गाउँपालिका निर्माण अभियान अन्तर्गत खानेपानीको गुणस्तर परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज २०८२ पौष ८ गते गाउँपालिकाको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष श्री खिम बहादुर थापा ज्यूको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरूलाई सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खानेपानीको महत्वबारे जानकारी गराइएको थियो। विशेषगरी, कालीगण्डकी गाउँपालिकाले आफ्नै लगानीमा खानेपानीको गुणस्तर परीक्षणका लागि प्रयोगशाला (ल्याब) स्थापना गरिसकेको तथ्यलाई कार्यक्रममा जोड दिँदै प्रस्तुत गरिएको छ, जसले स्थानीयस्तरमै नियमित र विश्वसनीय परीक्षण सम्भव बनाएको छ।
कार्यक्रममा विषयवस्तुको प्रस्तुतीकरण श्री भागिरथ अधिकारी ज्यूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन श्री बुद्धीसरा भण्डारी ज्यूले गर्नुभएको थियो।
स्थानीय तहबाटै सुरक्षित खानेपानी सुनिश्चित गर्दै पोषण, स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यसहित अघि बढाइएको यस अभियानले पोषणमैत्री गाउँपालिका निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं।
#पोषणमैत्रीगाउँपालिका
#कालीगण्डकीगाउँपालिका
#खानेपानीगुणस्तरपरीक्षण
#खिमबहादुरथापा
#अभिमुखीकरणकार्यक्रम
#सुरक्षितखानेपानी