FAQs Complain Problems

नविनतम गतिविधि

संगठनात्मक स्वरुप

दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात प्रदेश नं. ४ को सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गा.पा. स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । पुर्ब तर्फ गल्याङ न.पा., उत्तर तर्फ गल्याङ न.पा.,गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गा.पा., पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन न.पा. र दक्षिणतर्फ बगनासकाली गा.पा.तानसेन न.पा. यति चार किल्ला भित्र कालिगण्डकी गा.पा. रहेको छ । तीन तिरबाट कालिगण्डकी नदीले परिबेष्ठीत गरेको धार्मिक भुमि शिला शालिग्रामको सामीप्यता, हिले सिद्धबाबाको अर्जुन दृष्टी, रुरु क्षेत्रको निकट यो भुुमि आफैमा एतिहासिक एबं अध्यात्मीक दृष्टीले अतिनै महत्वपुर्ण छ । यहाँ रहेको प्रसिद्ध धार्मिक स्थल आलमदेबी यो क्षेत्रकै महत्वपुर्ण आभुषण हो किनकी आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्राई आय आर्जन बढाउन यो मन्दीरको ठुलो सम्भाबना रहेको छ ।साथै यो गा.पा. भित्र बिभिन्न प्रसिद्ध मठ मन्दिरहरुले भरिभराउ गा. पा. हो भन्दा अत्युक्ति नहोला ।

बेल्टारी, बाँसटारी, मिर्मि, बिर्घा, कोटाकोट बेसि,सटुका, वैघा, बारीचौर, प्यूघा,किपट, कट्टि, कोटाकोट समथर भुभाग हुन भने जैपते, छाप, दब्छे, आलमडाँडा आदी माथिल्लो भुभागका क्षेत्रहरुहुन । हालसम्मकै निर्माण सम्पन्न ठुलो कालीगण्डकी ए जलबिद्युत केन्द्र यस गा.पा भित्र हुनु यस गाा.पा. को भबिश्य उज्जलताको संभाबना हो । वडा नं. ५ नयाँ मिल देखी मिर्मि तथा बेल्टारीसम्म कालोपत्रे बाटो भएपनि गाउँपालिकाका ९०% भुभाग कच्ची बाटो रहेको छ । ग्रामीण क्षेत्रमा बजेटको ब्याबस्था हुनथाले पछी सामान्य योजनाहरु सम्पन्न भएपनि आत्मनिर्भर हुने र रोजगारि सृजना हुने खालका कार्यक्रम भने उल्लेख्य रुपमा बिकास हुन सकेकाछैनन । अधिकांश मगर, ब्राहमण, दलित, छिटपुट क्षेत्री लगायतका जातजातीहरु नै यस क्षेत्रका बासिन्दा हुन, यिनिहरुले अगाल्ने धर्म, भाषा, संस्कार, संस्कृति र परम्परा नै यस क्षेत्रको परम्परागत अमुल्य सम्पत्ति हुन जुन संरक्षण तथा सम्बद्र्धनको पर्खाईमा रहेका छन । पहिले देखि यस गाउँपालिका बिद्यालय तथा कलेजहरु नभएकोले यस क्षेत्रको शैक्षिक स्तर सन्तुष्ट हुन सक्ने खालको छैन । तर समयको गति संगै निरन्तर प्रगति तर्फ उन्मुख भने अबस्य छ । बिर्घामा अन्यत्र भन्दा पहिले देखि बिद्यालय सञ्चालन भएको कारणले यस क्षेत्रका मानिसहरु देशको निजामति कर्मचारी क्षेत्रमा राम्रै प्रभाब रहेको पाईन्छ जुन आफैमा सकारात्मक पक्ष हो । भर्खर मात्र खुलेका आलमदेबी, बिर्घा र मिर्मिका कलेजहरुले यस क्षेत्रको उच्च बिक्षाको आकांक्षा पुरा गर्ने प्रयासमा रहेको पाईन्छ । राम्रो कृषि योग्य भुमि भएतापनि सिंचाईको सुविधा आधुनिक प्रबिधी, उन्नत बिउबिजन, मल प्राबिधिक दक्षता आदिको अभाबको कारणले कृषिमा परनिर्भरता बढ्दै गएको पाईन्छ । सामान्य निर्बाह मुखि खेतिनै यस क्षेत्रको कृषिको बिशेषता हो ।

नयाँ सबिधानको उपलब्धी स्थानीय तहको चुनाब पछि बिस्तारै जन प्रतिनिधीहरुको नेतृत्वमा ग्रामीण क्षेत्रहरु बिकासको क्षेत्रमा अघि बढ्ने क्रममा देखिन्छ । भौतिक बिकासको गतिमा अगाडी बढ्ने देखिन्छ । भौतिक बिकास, सामाजिक आर्थिक सुधार, निम्नस्तरमा गुणस्तरीय परीवर्तन गरी मानव विकास सूचांकका स्तर उन्नती गरी स्वाभिमानको झण्डा उचो राख्न मिनेट, घण्टा र दिन गन्ती सुरु भएको छ । निर्वाचन पश्चात उदाएको नेतृत्व प्रति यो गा.पा. उच्च आकांक्षा लिएर प्रगतिका लागी प्रतिक्षारत छ । र्मिमिदेखि वैघा हुँदै रानीमहलसम्मको बाटो र वैघादेखि रिडिसम्मको बाटो स्तरउन्नती गरी कालोपत्रे गर्ने र वैघा पहिरोबाट बाटो खोल्ने क्रममा रहेकोले आशाका किरणहरु पनि देखा परेका छन् । कालिगण्डकी जलविद्युत केन्द्रका कारणले विस्तारै बजार व्यवस्थापनमा अगाडी बढेको र्मिमि वाहेक अन्य सबै ग्रामिण क्षेत्र भए पनी कालिगण्डकी कोरिडोर, दु्रतर्माग आँधिखोला हाइड्याम,कोटाकोट बेँशीकोसाँघुरेमा कालीगण्डकी जल बिद्युत योजना, आलमदेबी रानीघाट सम्म केबलकार निर्माण र सतनवटै स्थानमा जलयात्राको विकास गरी पर्यटकिय क्षेत्रको विकास जस्ता राष्ट्रिय गौरवका आयोजनालाइ यो गा.पा. सँग जोड्दै लैजान सके भविष्यमा राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिन सक्ने प्रचुर संभावना बोकेको गा.पा.को रुपमा यस कालिगण्डकी गा.पा. चिनिन र यो क्षेत्रका जनताको जीवन स्तर विकास हुने कुरामा कुनै सन्देह छैन ।

संक्षिप्त परिचय ः
जनसंख्या ः २१७२८ (२०६८ को जनगणना अनुसार )
क्षेत्रफल ः ७३.५१ वर्ग कि.मि
सिमाना ः पुर्व– गल्याङ नगरपालिका , पश्चिम रुरु गा.पा.–गुल्मी र तानसेन न.पा. पाल्पा जिल्ला
उत्तर –कालीगण्डकी गा. पा. र रुरु गा.पा. गुल्मी जिल्ला , दक्षिण –बगनासकाली गा.पा. र तानसेन न.पा. पाल्पा जिल्ला

वडा विभाजन ः

वडा नं                 साविकका गाविस          साविक वडा नं       
१                       चन्डिभन्ज्याङ                 २–९ 
                        आलमदेवी                     ९ 
२                      चन्डिभन्ज्याङ                  १ 
                        आलमदेवी                    १–५,८ 
३                        आलमदेवी                    ६,७ 
                         विर्घा अर्चले                   ७–९ 
४                       विर्घा अर्चले                    १–६ 
५                     श्रीकृण्णगण्डकी                 १–४ 
६                    श्रीकृण्णगण्डकी                 ५–७ 
७                    श्रीकृण्णगण्डकी                 ८,९