FAQs Complain Problems

कालीगण्डकी गाउँपालिकाको परिचय

कालीगण्डकी गाउँपालिकाको संक्षिप्त चिनारीः

दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो ।

यसको जनसंख्या  १७९५५ (२०७८ को जनगणना अनुसार ) छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि छ।

पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।

जनसंख्या :- १७९५५

सिमानाः
पूर्वः गल्याङ नगरपालिका ।
पश्चिमः तानसेन नगरपालिका ।
उत्तरः गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका  ।
दक्षिणः बगनासकाली गाउँपालिका तथा तानसेन नगरपालिका  ।

केन्द्र :- साविकको विर्घा गा.वि.स., गहलाम

क्षेत्रफल :- ७३.५१ वर्ग कि.मि.

वडा संख्या :- ७  

लैङ्गिक अनुपात :- ८३.०१

जनघनत्व:- २४४

कुल परिवार:- ४७६२

कुल साक्षरता दर: ८२.२ 

जनसङ्ख्या सम्बन्धी थप विवरण हेर्न  जनसङ्ख्या | राष्ट्रिय जनगणना २०७८ नतिजा (cbs.gov.np) मा क्लिक गर्नुहोस ।